+
+

अष्ट्रेलियाको राजधानी क्यानवेरामा चेलीलार्इ खुवाइयो सामुहिक दर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते ११:३९

क्यानवेरा / नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा बिबिध सांस्कृतिक र तीजको दर खाने कार्यक्रम राजधानी क्यानवेरामा भव्यताका साथ सम्पन्न भएको छ ।

यहाँको तीन दशक पुरानो संस्था अष्ट्रेलियन नेपाल फ्रेण्डसिप सोसाइटीको आयोजनामा भएको कार्यक्रमको आरम्भमा संस्थाका अध्यक्ष जीवन रानाले सबै प्रवासी नेपाली दिदीबहिनिहरुमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

मन्तब्यकै क्रममा संस्थाका सभापति रानाले अष्ट्रेलियन नेपाल फ्रेण्डसिप सोसाइटी र वेस्ट प्याक बैंक बीच भएको ऐतिहासिक सम्झौता बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष रानाका अनुसार संस्थाका सदस्यहरुले घर खरिद कर्जामा सहुलियत पाउने र दलालले लिने कमिसनको लाभ सिधै सदस्यहरुलाई जाने अनि सँस्थालाई पनि आर्थिक सहयोग पुग्ने खुसिको खबर साटेका थिए ।

नेपाली दूतावास उपनियोग प्रमुख दुरपदा सापकोटाले पनि समस्त नेपाली दिदीबहिनीहरूमा तीजको शुभकामना ब्यक्त गरेकी थिइन् ।

आयोजक सँस्था अष्ट्रेलियन नेपाल फ्रेण्डसिप सोसाइटीका अध्यक्ष रानाले अनलाइनखबरसँगको कुराकानीमा कार्यक्रम विशुद्ध समाज सेवाको भावले प्रेरित भएको हुँदा स्थानीय कलाकारहरुको मात्रै प्रस्तुति छन् ताकी बढी भन्दा बढी खर्च कम गर्न सकियोस् अनि हाम्रा ससाना नानीहरुको पठनपाठन गराउने पाठशालाका निम्ति अर्थ संकलन गर्न सकियोस् ।

स्थानीय एक दर्जन भन्दा बढी कलाकारहरुको मनोरंजनात्मक प्रस्तुति रहेको उक्त कार्यक्रमका अधिकांश प्रस्तुतिहरु नेपाली मौलिकता झल्कने खालका थिए भने संस्थाका स्वयम् सेवक र सदस्यहरुद्वारा तयार गरिएका नेपाली पकवानको दर खुवायिएको थियो ।

कार्यक्रममा महिला दिदीबहिनिहरुका निम्ति तीजको उपहार पनि बाडिएको थियो ।

क्यानवेराको बेष्टनक्रिकमा अवस्थित बेष्टर्न नेवरहुड हलमा साँझ ५:३० सुरु भएको उक्त कार्यक्रममा नेपाली गीत संगीत, मौलिक नृत्य अनि नेपाली डि.जे. को बेजोड प्रस्तुतिमा उपस्थित रमाएका थिए ।

सदस्यहरुका लागि २५ डलर र गैरसदस्यहरुका लागि ३० डलर प्रवेश शुल्क रहेको उक्त तीज कार्यक्रमबाट संकलित रकम क्यानवेराको नेपाली पाठशालालाई सहयोग गरिने कुरा आयोजक संस्थाका अध्यक्ष जीवन रानाले बताए ।

अष्ट्रेलियन नेपाल फ्रेण्डसिप सोसाइटीले स्थापना कालदेखि नै क्यानवेरामा अध्यनरत नेपाली विद्यार्थीहरुलाई सहयोग पु¥याउने तथा यहाँ रहेका नेपाली नेपाली बीचको भाइचारा बढाउने उद्देश्यले नेपाली नया वर्ष , तीज अनि दशैं जस्ता नेपाली चाड पर्वका अवसरमा बिबिध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?