Comments Add Comment

नबिलको भिसाकार्ड प्रवर्द्धन अभियान

१७ भदौ, काठमाडौं ।  नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानमा परिवर्तन गरेको छ ।

योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/ प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएस मार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारेावार रकमको १० प्रतिशत वा अधिकतम रु.३०० फिर्ता पाउनेछन् ।

योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका इकमर्स साइटमार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारेावार रकमको २० प्रतिशत वा अधिकतम रु.६०० फिर्ता पाउनेछन् ।

यो योजना भदौ ३० गते सम्म रहनेछ । उल्लिखित रकममा प्रचलित नियम बमोजिम आवश्यक कर कट्टी गरिनेछ ।

‘ योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई पीओएस तथा इकमर्सको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ । साथै यस अभियानले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment