Comments Add Comment

एसियाडमा रजत जित्ने प्याराग्लाइडिङ खेलाडीलाई ५ लाख पुरस्कार

१८ भदौ, काठमाडौं । सरकारले एशीयाली खेलकुदमा रजत पदक बिजेता प्याराग्लाइडिङका खेलाडीहरुलाई पाँच लाख रुपैयाँ नगरसहित सम्मान गरेको छ ।

सरकारले इन्डोनेशियाको जाकार्तामा आयोजित एशीयाली खेलकुद अन्तरगत प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान विमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।

त्यसक्रममा रजत पदक बिजेता खेडालीहरुलाई राष्ट्रिय खेलकुद परिषदको आहृवानमा सोमबार काठमाडौंमा नगर परिक्रमासमेत गरिएको थियो । त्यसपछि राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले रजत पदक बिजेता खेलाडीहरुलाई ५ लाख नगदसहित सम्मान गरे ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नेपाली खेलाडीहरुलाई उचित वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल कदमी लिन पनि सबैलाई आहृवान गरे ।

त्यस अवसरमा मन्त्री विश्वकर्माले प्याराग्लाइडिङ खेलको विकासका लागि राज्यले लगानी बढाउने घोषणा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment