Comments Add Comment

बजाज बाइक खरिद गर्दा अब पाकेट फुल !

१८  भदौ , काठमाण्डौ । हंसराज हुलास चन्द एण्ड कम्पनीले अाउँदाे दशैं–तिहारलाई लक्षित गर्दै  ‘बजाज पाकेट फुल’ ग्राहक योजना ल्याएको छ ।

यस योजनामा बजाजको कुनैपनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प्राप्त कम्पनीले जनाएकाे छ ।  कम्पनीका अनुसार उक्त कुपनकाे एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन हुन्छ ।

स्क्र्याच कुपनबाट भाग्यशाली ग्राहकले तत्कालै ग्राहकले १ लाखसम्मको नगद छुट प्राप्त  गर्न सक्ने कम्पनीकाे दाबी छ । योजना अवधिभर साप्ताहिक ‘पाकेट फुल’ कुपन मध्येबाट हरेक साता लक्की ड्र गरी एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पकेटफुल कार्यक्रममा गई पाकेट फुल गर्ने मौका पाउने छन् ।

साप्ताहिक पाकेटफुल कार्यक्रमको प्रसारण टेलिभिजनबाट गरिनेछ, जसमा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेट फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी नेपालमा सर्वाधिक बिक्री हुने बजाज अटो, मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment