Comments Add Comment

अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु, २ जना घाइते

१९ भदौ, बैतडी । अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो ।

स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा ५ वर्षीया दीपा लुहार र ९ वर्षीय जगदीश लुहार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment