Comments Add Comment

दावा लामाका सहयोगी सत्यमान समातिए

१९ भदौ, काठमाडौं । काभ्रेका गुण्डा सत्यमान लामा पक्राउ परेका छन् ।

काभ्रेको तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

लामाले फोनबाट अश्लिल गालीगलौज गर्दै तामाङलाई हातखुट्टा भाँचिदिने, मार्ने धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

लामाले तामाङलाई ज्यान मार्ने धम्की दिँदै ‘तँलाई मारेबापत जेलमा बस्न एकजना तयार छ’ भनी धम्की दिएको महाशाखाले बताएको छ ।  लामा भारतको नयाँ दिल्लीमा पक्राउ परेका गुण्डा नाइके दावा लामाको सहयोगी समेत हुन् ।

उनलाई यसअघि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो । यद्यपि, सांसद् नविना लामाको रोहवरमा लामा छुटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment