+
+

सरकारलाई संसदीय समितिको प्रश्न : काठमाडौंले कति जनसंख्या थेग्न सक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १९ गते १७:००

१९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको विकास समितिले काठमाडौं उपत्यकाको जनसंख्या बहन गर्न सक्ने क्षमतासम्बन्धी जानकारी १५ दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले काठमाडौं उपत्यकाको जनसंख्या बहन गर्न सक्ने क्षमतासम्बन्धी जानकारी १५ दिनभित्र दिन बुझाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपालका नगरपालिकाहरु शहर हुन् कि होइनन् र एसियाली मापदण्डमा नेपालका कुन कुन शहर पर्छन् भनेर पनि सरकारलाई सोधेको छ । ‘भौतिक पूर्वाधार लगायतका आधारमा नगरपालिकाहरु सहर हुन् वा हैनन् वा के-कस्ता पूर्वाधारहरु भए पश्चात सहर हुने हो ? सहर विकास सम्बन्धी एसियाली मापदण्ड भित्र नेपालको कुन-कुन सहर पर्दछन् ? समितिले सरकारलाई सोधेको छ ।

विकास समितिले बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट चोभार सतुङ्गलमा रोकिनुको कारण पनि माग गरो छ । त्यस्तै इचङ्गुनारायण जग्गा एकीकरण आयोजना लम्बिनुको कारण र अनामनगरमा धोबीखोला बस्तीभित्रै पस्ने गरी धोविखोला करिडोर बनाउनुअघि ध्यान नदिनुको कारण पनि १५ दिनभित्र पेश गर्न समितिले सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

विकास समितिले भूमिसँग सम्बन्धित मन्त्रालयबीच समन्वय गरी भूउपयोग नीति तत्काल बनाई कार्यान्वयनमा ल्याउन सहरी विकास मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

समितिको मंगलरबारको बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र सचिव दीपेन्द्रनाथ शर्मासँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?