+
+

‘नाई नभन्नु ल ५’ पछि विकासको ‘हजार जुनी सम्म’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते ८:४०

निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल ५’ हिट भएपछि यसैको छैठौ सिक्वेल बनाउने चर्चा थियो । तर, उनले ‘नाई नभन्नु ल ६’ बनाउनु अघि एउटा लभ स्टोरी चलचित्र बनाउने भएका छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘हजार जुनी सम्म’ राखिएको छ । यो लभ स्टोरी चलचित्रका लागि विकासले नयाँ नायकको खोजी गरेको बताएका छन् ।

उनले भने–‘आकर्षक जीउडाल, लुक्स र अभिनय गर्न सक्ने नयाँ नायकको खोजी गरेको हुँ । हामी चाडै नै छायांकनमा जाने तयारीमा छौ ।’

वुझिएनअनुसार, विकासको यो चलचित्रमा नायिकको रुपमा स्वस्तिमा खड्काले काम गर्ने संभावना बढी छ । तर, अहिलेसम्म कोहीपनि कलाकार फाइनल भएका छैनन् । विकासले ‘हजार जुनी सम्म’ पछि ‘नाई नभन्नु ल ६’ निर्माण तथा निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?