Comments Add Comment

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

२० भदौ, गुल्मी । जिल्लाको रेसुङ्गा नगपालिका–४, सेउघामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ भने सहचालक घाइते छन् ।

इस्मा गाउँपालिका छल्दीबाट बालुवा लिएर तम्घासतर्फ आउँदै गरेको तु ४ त १०९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक कार्यालय, गुल्मीका हवल्दार देवीप्रसाद पौडेलका अनुसार ज्यान गुमाउनेमा छत्रकोट गाउँपालिका–४ घर भएका चालक सञ्जु बिक छन् । ट्याक्टरका सहचालक भने घाइते छन् । प्रहरीले उनकाे परिचय भने खुलाएकाे छैन ।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment