Comments Add Comment

नेपाल–चीन पारबहनसम्बन्धी बैठक काठमाडौंमा शुरु

२० भदौ, काठमाडौं । नेपाल–चीन पारबहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबीचको व्यापार तथा पारबहन सम्झौंताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारहरुबीच तेस्रो पटक बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पारबहन यातायात सम्झौंताको प्रोटोकललाई असोज १५ गते भित्र टुंग्याईसक्ने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका हुन ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले गरेका छन् भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गरेका छन् ।

बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरु सहभागी छन् ।

प्रधानमन्त्रीको रुपमा सन् २०१६ मा केपी ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबीच पारबहन यातायात सम्झौंता गर्ने सहमति गरिएको थियो ।

दुई दिनसम्म चल्ने बैठकले सो सम्झौंताको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैजुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment