+
+

टिपरको ठक्करबाट धनुषामा दुर्इ दाजुभाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते १८:०७

२० भदाै, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको मृत्यु भएको हो ।

उनीहरू दुबैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धारापनीले जनाएको छ । मृतक दुर्इ दाजुभाइ हुन् ।

टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।

घटना लगतै केही समय राजमार्ग अवरुद्ध  भएको थियो ।  प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?