Comments Add Comment

भूपेन्द्रलाई जर्मनीमा स्वर्ण

काठमाडौं । वर्ल्ड मार्सल आर्ट्स कमिटीको आयोजनामा जर्मनीको सिविस गुइनमा भएको १२औं वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका भूपेन्द्र गुरुङले स्वर्ण पदक जितेका छन् ।

भूपेन्द्रले छ्यान् छुवानमा स्वर्ण पदक जितेको नेपाल उमा कङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।

यसैगरी मुन्नी सुवेदीले ताइची र विजय तामाङले सान्डामा कास्य पदक जितेको अध्यक्ष लामाले बताए । कांश्य विजेता मुन्नी सुवेदी अधिवक्ता तथा लेक्चर पनि हुन् ।

प्रतियोगितामा २५ राष्ट्रका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment