+
+
Shares

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते ८:४१

२१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १० बजे बैठक सुरु हुनेछ ।

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्नेछन् ।

बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा पनि छलफल हुने ज्ञवालीले जनाएको छ ।

गत साउन २९ गते बसेको मन्त्रिपरिषद बैठकबाट ज्ञवाली प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?