Comments Add Comment

किमोथेरापीले मुडुलो बनेकी सोनालीको एकाएक लामो कपाल !

बलिउड अभिनेत्री सोनाली बेन्द्रे अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छन् । गम्भीर रोगको चपेटामा परेको भए पनि उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । आफ्नो भावना व्यक्त गर्नुका साथै नयाँ तस्वीर पोष्ट गरिरहन्छिन् ।

केही दिनअघि पोष्ट गरेको तस्वीरमा सोनाली मुडुलो टाउकोमा देखिएकी थिइन् । क्यान्सरको उपचारका क्रममा किमोथेरापी गराउँदा उनको टाउकोको कपाल सबै झरेको हो । उक्त तस्वीरले सोनालीका फ्यानहरु स्तब्ध बनेका थिए ।

उनले हालै आफ्नो एउटा भिडियो क्लिप सार्वजनिक गरेकी छन्, जसले फ्यानहरुलाई केही राहत मिलेको छ । यो भिडियो क्लीपमा सोनाली लामो र सर्लक्क परेको कपालमा देखिन्छिन् । तर, यो उनको सक्कली कपाल भने होइन । उनले विग लगाएकी हुन् । नायिका प्रियंका चोपडाको सल्लाहमा विग लगाएको उनले बताएकी छन् ।

सोनालीले लेखेकी छन्, ‘सुन्दर देखिन को चाहँदैन ? यदि यसका लागि हामीले अलिकति पाप गर्‍यौं भने पनि त्यो गलत हुँदैन । तपाईं जे चाहनुहुन्छ त्यो गर्नुस । सुन्दर देखिनका लागि विग लगाउनुस वा लिपिस्टिक केही फरक पर्दैन ।’

आफैंले आफूलाई सान्त्वना दिइरहेकी सोनालीको यो अभिव्यक्तीले फ्यानहरुलाई भावुक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment