Comments Add Comment

आशिफ शेखको कप्तानीमा यू-१९ टोली घोषणा

२२ भदौ, काठमाडौं । भारतमा हुने यू-१९ एकदिवसीय प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । टिममा राष्ट्रिय टोलीमा रहेकाहरुलाई राखिएको छैन भने केही नयाँ अनुहार पनि आएका छन् ।

नेपाली टोलीमका त्रिराज दास, रवि शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान छन् । यस्तै भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद आलम छन् ।

नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गरेको प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको यू-१९ टिमले खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment