+
+
Shares

मिर्गौला रोगसँग सम्बन्धित प्रश्नोत्तर, जान्नैपर्ने केही कुरा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २३ गते ९:२१

मिर्गौलाले रगतमा भएको विषाक्ततालाई मुत्राशयमा पठाएर रगत फिल्टर गर्छ । त्यस्ता पदार्थ अक्सर पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ ।

तर, जब मिर्गौलाले रगतमा भएको विषाक्तलाई फिल्टर गर्न सक्दैन, तब मिर्गौला फेल हुने सम्भावना उच्च हुने गर्छ ।

मिर्गौंला फेल भएमा के हुन्छ ?

सामान्यतया, मिर्गौला फेल भएमा  वा विफल भएमा दुवै मिर्गौलाले काम गर्न बन्द गर्छ  । यो मिर्गौला रोगको अन्तिम चरण अर्थात इएसआरडी पनि हो । यस चरणमा मिर्गौलाको डायलासिस वा प्रत्यारोपण गर्नुको अन्य विकल्प रहँदैन ।

मिर्गौला  सम्बन्धि समस्याका कारण मिर्गौलाले राम्ररी काम गर्न नसकी शरीरमा विषाक्तता बढ्ने गर्छ ।  जसका कारण मिर्गौला फेल हुनुका साथै समयमै उपचार नगरेको खण्डमा मानिसको मृत्यु समेत हुनसक्छ ।

त्यसै्रले, मिर्गौला सम्बन्धि समस्याबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन जरुरी छ ।

के कारणले हुन्छ मिर्गौला फेल ?

कयौ अवस्थामा स्वास्थ्य सम्बन्धि अन्य समस्याका कराण पनि मिर्गौला फेल हुनसक्छ । मिर्गौला फेल भएमा मिर्गौलाले काम गर्न बन्द गर्छ । र, मिर्गौला फेल हुनु भनेको सबैभन्दा अन्तिम चरण भएकोले यसलाई इएसआरडी पनि भन्ने गरिन्छ ।

इएसआरडी हुनुमा मधुमेहलाई आम कारण मानिन्छ ।  त्यस्तै, उच्च रक्तचापका कारण पनि इएसआरडी हुने गर्छ । त्यसबाहेक, अन्य कारणहरुले गर्दा पनि मिर्गौला फेल हुनसक्छ ।

-अटोइम्युन रोग

-अनियन्त्रित मधुमेह

-आणुवंशिक समस्या

-मिर्गौला तथा मिर्गौला वरिपरि रगतको थक्का जम्मा हुनु

-बोन म्यारो क्यान्सर

-केमोथेरापी लगायतका क्यान्सर रोगमा प्रयोग गरिने औषधी

-एन्टी बायोटिक्सको प्रयोग

-मिर्गौला सम्बन्धि रोग

-मादक पदार्थ सेवन

-मदिरापान

-पिसाबनलीको समस्या

-रक्त बाहिनी सुन्निएमा

-विभिन्न रोगको संक्रमण

-मिर्गौलाले अचानक काम गर्न बन्द गरेमा

-हृदयाघात

-मिर्गौलामा रगतको कमी भएमा

यी स्वास्थ्य समस्याहरुमध्ये कुनै एक समस्या भएमा पनि मिर्गौला फेल हुनसक्छ । त्यसको मतलव यी समस्या हुुँदैमा मिर्गौला फेल नै हुन्छ भन्ने हैन ।स्वस्थ जीवनशैली अपनाएर पनि यी रोगबाट बच्न सकिन्छ । त्यसको लागि चिकित्सकसित परार्मश अनिवार्य छ ।

मिर्गौला सम्बन्धि पुरानो रोग ?

मिर्गौला सम्बन्धि पुरानो रोगका कारण पनि मिर्गौलामा गम्भीर क्षति पुग्न सक्दछ । जसका कारण मिर्गौला फेल हुनसक्छ । तर मिर्गौला फेल भएको लक्षण त्यतिबेलासम्म देखिदैन, जबसम्म मिर्गौलामा पूर्ण रुपमा क्षति पुग्दैन ।

कसरी थाहा पाउने मिर्गौला फेल भएको ?

मिर्गौला फेल भएमा शरीरमा विभिन्न लक्षण देखा पर्दछ । कसैकसैलाई भने त्यस्ता लक्षण नदेखिन पनि सक्छ ।

मिर्गौला फेल भएमा तल उल्लेखित एक वा सो भन्दा बढी लक्षण देखिने गर्छ

-अत्याधिक  थकान महसुस हुनु

-खुट्टा तथा पैताला सुन्निनु

-कन्फ्युजन हुनु

-कोमा

-चिलाउनु

-छाती दुख्नु वा छातीमा दवाव महसुस हुनु

-अनिद्रा

-धेरै पिसाब वा कम लाग्नु

-खान मन नलाग्नु

-वाकवाकी लाग्न तथा उल्टी हुनु

-मांसपेशी बौडिनु

-सास लिनमा कठिनाई हुनु

त्यसबाहेक, मिर्गौलाले अचानक काम गर्न बन्द गरेमा यी लक्षण देखिने गर्छ ।

-पेट दुख्नु

-कम्मर दुख्नु

-पखाला लाग्नु

-ज्वरो आउनु

-नाकबाट रगत बग्नु

-वान्ता हुनु

मिर्गौला फेल भएमा के कस्तो संकेत देखा पर्छ ?

-रक्तचाप उच्च हुने

-अत्याधिक थकान महसुस हुने

-अनिद्रा

-खुट्टा वा पैताला सुन्निने समस्या

-वाकवाकी लाग्ने, वान्ता हुने

-भोक कम लाग्ने, तथा तौल कम हुँदै जाने

-मांसपेशी बाउडिने

माथि उल्लेखित लक्षणहरु एक भन्दा बढी देखिएमा मिर्गौला सम्बन्धि समस्या हुनसक्छ । त्यसैले, यस्ता लक्षणमध्य कुनै एउटा लक्षण देखिएमा मात्र पनि तुरुन्तै चिकित्सकलाई देखाउन जरुरी छ ।

मिर्गौला फेल भएमा कस्तो उपचार गरिन्छ ?

मिर्गौला शरीरको महत्वपूर्ण अंग मध्यको एक हो । यसले रगतको सफाई गर्छ । साथै, शरीरको रसायन तथा तरल पदार्थलाई नियन्त्रित गर्नुका साथै रक्तचाप नियन्त्रण गर्न तथा राता रक्त कोषिका निर्माण गर्नमा सहायता प्रदान गर्छ । तर मिर्गौला फेल भएमा मिर्गौलाले यी सबै काम गर्न नसक्ने हुदा  जिवित रहनका लागि पनि डायलासिस वा प्रत्यारोपण गर्न आवश्यक्ता छ ।

किनकी मिर्गौला सम्बन्धि रोगमा डायलासिसमा वा मिर्गौला प्रत्यारोपण नै एक त्यस्तो विकल्प हो जसको उपयोगद्धारा विरामी आयु लम्व्याउन सकिन्छ ।

हुन त मिर्गौला सम्बन्धि रोगको उपचारमा मिर्गौलाको डायलासिस तथा प्रत्यारोपणबाहेक पनि अन्य धेरै  विकल्प छन् । तर त्यस्ता उपचार रोगको प्रकृति अनुसार फरक हुने भएकोले थप उपचारका लागि चिकित्सकसित परार्मश लिन जरुरी छ ।

डायलासिस के हो, कसरी गरिन्छ ? 

स्वस्थ मिर्गौलाले रगतमा रहेको विषाक्ततालाई सफा गर्छ । मिर्गौलाले यस्तो हर्मोनकोसमेत उत्पादन गर्छ, जसले हड्डी मजबुत बनाउनुका साथै रगत स्वस्थ राख्न मद्दत गर्छ । तर जब मिर्गौलाले काम गर्न नै छोड्छ, तब मिर्गौलाले गर्ने कामलाई निरन्तरता दिनको लागि मिर्गौला बदल्ल्न जरुरी हुन्छ । र, मिर्गौला प्रत्यारोपण नगरेसम्म डायलासिसको आवश्यकता पर्दछ ।

डायलासिसले फिल्टर तथा मेसिनको मद्धतले रगतलाई शुद्ध बनाउँछ । डायलासिस मेसिनले मिर्गौला सरह नै काम गर्ने हुदाँ डायलासिस गर्दा पोटाशियमको प्रयोग कम गरिएको तथा नुनको प्रयोग कम गर्न सल्लाह दिइने गरिन्छ ।

हुन त डायलासिसले फेल भएको मिर्गौलाको उपचार गर्दैन । तथापी, नियमित रुपमा डायलासिस गरेको खण्डमा विरामीको आयु भने लम्ब्याउँछ ।

सामान्यतया, डायलासिसको दुईवटा प्रकार छन्, हेमाडायलासिस र पेरिटोनियल डायलासिस । यी दुवै प्रकारको डायलासिसले रगतमा रहेको विषाक्त, अतिरिक्त नुन तथा पानीलाई फिल्टर गर्न मद्दत गर्छ ।

त्यसमा पनि हेमोडायलासिसले मेसिनको उपयोगद्धारा रगतमा भएको विषाक्ततालाई हटाउने हुदाँ यसलाई कहिलेकाही कृतिम मिर्गौला पनि भन्ने गरिन्छ ।

जबकी पेरिटोनियल डायलासिसले रगतलाई फिल्टर गर्नको लागि पेट भित्र रहेको पेरिटोनियल झिल्लीको उपयोग गर्छ ।

कुन अवस्थामा मिर्गौला प्रत्योरोपण गर्ने ?

मिर्गाला फेल भएमा मिर्गौलाको प्रत्यारोपण गरेर पनि त्यसको उपचार गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपण गरेको खण्डमा मिर्गौलाले सही तरीकाले काम गर्न सक्दछ । र, डायलासिसको पनि आवश्यकता पर्दैन । मिर्गौला प्रत्यारोपणको एउटै मात्र बेफाइदा भनेको प्रत्यारोपण पश्चात्त पनि विरामीले चिकित्सकको सल्लाह अनुसार इम्युनो सप्रेसिभ औषधीको सेवन गर्नु पर्दछ । यो औषधीको पनि आˆनै प्रकारको दुष्प्रभाव हुनसक्छ । त्यसमध्य केही गम्भीर हुनसक्छ । त्यतिमात्र हैन, प्रत्यारोपण सधैभरी सफल नै हुन्छ भन्ने पनि छैन ।

के मिर्गौला सम्बन्धि समस्याको उपचार सम्भव छ ?

अवस्था हेरेर मिर्गौला सम्बन्धि केही रोगको उपचार गर्न सकिए पनि मिर्गौलाको पुरानो रोगको उपचार सम्भव छैन ।  यद्यपी, रोगको प्रकृति तथा लक्षण हेरेर त्यसलाई नियन्त्रित गर्नुका साथै त्यसले निम्त्याउने जटिलतालाई भने अवश्य कम गर्न सकिन्छ ।

मिर्गौला फेल हुनबाट कसरी जोगाउने ?

मिर्गौला फेल हुनबाट जोगाउन यी उपायहर अपनाउन सकिन्छ । विशेष गरी ओभर द काउन्टर औषधी लिदा विशेष नियम पालना गर्न जरुरी छ । त्यसको लागि समयमा औषधीको सेवन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?