Comments Add Comment

अमेरिकाको पुस्तकालयमा कृष्ण धराबासीको राधा

२३ भदौ, अमेरिका । साहित्यकार तथा उपन्यासकार कृष्ण धराबासीले लेखेको चर्चित उपन्यास राधा अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन थालेको छ । उनले लेखेको राधा उपन्यासको अंग्रेजीमा अनुबाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको छ ।

सेप्टेम्बर ६ तारिखदेखि अंग्रेजी संस्करणको राधा उपन्यास मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीको वालडोर्फ पश्चिम शाखामा राखिएको हो ।

धराबासी केही बर्ष अमेरिका बसेर हालै नेपाल फर्किएका छन् । उनी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन् । उनले वि.सं. ०६२ सालमा राधा उपन्यासका निम्ति मदन पुरस्कार पाएका थिए ।

पछिल्लो समय नेपाली भाषामा धेरै कितावहरु लेखिएका छन् । बजारमा पनि प्रशस्तै आएका छन् । तर, वजनदार किताव, जसको महत्व पूर्वी तथा पश्चिमी समाजमा उत्तैको महत्व राख्ने पुस्तकहरु खासै लेखिएका छैनन् । राधा उपन्यास भने एक अपवाद भएर निस्केको छ ।

हुन त अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसासका शाखाहरु विश्वभरि बग्रेल्ती छरिएका छन् । तर, खासै अन्तरराष्ट्रिय साहित्यिक उपलब्धिका नाममा कसैले तरक्की देखाउन सकिरहेका छैनन् । उनीहरुले न त विश्वविख्यात साहित्यिक पुस्तकहरु उल्था गरेर नेपाली भाषामा छाप्न सकेका छन्, न  नेपाली साहित्यका गुणात्मक पुस्तकहरु छापेर विश्वभरि फैलाउन सकेका छन् ।

यस्तोबेलामा राधा पुस्तक अमेरिकाजस्तो ठाउँमा सार्वजनिक पुस्तकालयले किनेर आˆनो संकलनमा राख्नु नेपाली लेखकका लागि गौरवको कुरा हो ।

यसअघि सम्राट उपाध्यायले लेखेको पुस्तक ‘एरेस्टिङ गड इन काठमाडौँ’ सन् २००१ देखियता खासै अरु पुस्तक विदेशमा चर्चामा आएका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment