Comments Add Comment

वीरगंजमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ

२३ भदौं, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले झण्डै १ किलो लागु औषध खैरो हिरोईन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय जयराम कुमार राम र २५ वर्षीय बालेश्वर दास थारुलाई पक्रेको हो ।

शुक्रबार साँझ पक्राउ परेकाहरुलाई आज जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नं १५ बसपार्कमा रहेको ऋद्धि होटलको २०६ नंम्बरको कोठाबाट उनीहरुलाई ९ सय ६६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

‘होटलको कोठामा बसेर केहि मानिसहरुले लागु औषध खैरो हिरोईनको कारोबार गरिरहको छ भन्ने विशेष सूचना आएको थियो, ‘ उनले भने ‘ लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगञ्जको टोली समेत गएर उनीहरुलाई पक्राउ गर्न सफल भयौं ।’

उनीहरु मध्ये एक जना कारोबारी र एक जना भरीया रहेको प्रहरीको दावी छ । तर अभियुक्त दुवैले आफूहरु कारोबारी नभएको दावी गरेका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment