+
+
Shares

२६ हजार घुससहित जन्जिरदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते १९:००

४ चैत, सप्तरी । राजविराजको एक होटलमा सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालयका एक कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ ।

नापी कार्यालय राजविराजको जन्जिरदार पदमा कार्यरत पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग २६ हजार लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

साविक तरही गाविस-३ (हाल डाक्नेश्वरी नगरपालिका-३) को गाउँ ब्लकको जग्गा नापी गराइदिने प्रयोजनको लागि टोलीमा कार्यरत कर्मचारीहरूबाट सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवंम उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले यादवलाई राजविराजस्थित थारु रिसोर्टबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?