+

कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीलाई

२०७५ भदौ  २५ गते १४:५३ २०७५ भदौ २५ गते १४:५३
कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीलाई

२५ भदाै, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुली युवा क्लव, मटेलाले जितेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो । रुकुम उपविजेता बन्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुलीकै बिजय बस्नेत घोषित भएका छन् । चुलीले ५० हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

सेमिफाइनलमा सशस्त्रलाई पराजित गर्दै चुलीले फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा उपविजेता रुकुमले नगद २५ हजार ५५५, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सशस्त्रको टिम तेस्रो भयो ।

कर्णाली प्रदेश भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय