1. ताजा अपडेट
Comments Add Comment

कानुनअनुसार नै पत्रकार बस्नेतको गिरफ्तारीः गृहमन्त्री

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कानुनअनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको बताए ।

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ । यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।’

पत्रकार बस्नेतलाई नेकपा नेताहरुबारे लेखिएको समाचारलाई लिएर पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

34%

खुसी

11%

दुःखी

4%

अचम्मित

1%

उत्साहित

49%

आक्रोशित

ट्रेन्डिङ

Advertisment