1. ताजा अपडेट
Comments Add Comment
रोशन अर्याल
२०७५ भदौ २९ गते १५:३६
कस्तो पाखण्ड राजपा भन्ने पार्टीको ? सरकारलाई समर्थन पनि गर्ने अनि सरकारसँग "मन्त्रीलाई कालोझण्डा नभई भाला देखाउनुपर्ने हो ?" भनी प्रश्न गर्ने? त्यो प्रश्नको उत्तर त तपाईँहरुले पनि दिनु पर्ने हो सरकारको समर्थक भएकाले ।त्यहि संविधानलाई मानेर सभासद हुने, अनि संविधान जारी भएको दिनलाई कालो दिन भनेर मनाउन खोज्ने, कस्तो नाटक ? एउटै डुङ्गामा खुट्टा राखनुहोस लक्ष्मणजी, जिब्रो पनि एउटै राख्नुस र कुनै एउटै कित्त्तामा उभिनुस ।
Kusan Sharma
२०७५ भदौ २९ गते १२:३०
'यादब'जी प्रहरीले दिएको यातनाबाट मारिएका हुन् भने,प्रहरीलाई सजाय हुने पर्छ यसमा कसको बिरोध रहन्छ र ? तर एउटा 'लफडा' सकियो अनि अर्को 'लफडा' शृजना गर्यो, त्यही कृत्यको चर्चा गरेर संसद्को अमुल्य समयको सत्यानाश गर्यो, त्यो थलो(संसद)ले गर्ने यति मात्र हो ? जनताका रोजीरोटी,देशको विकास,नागरिकलाई प्रदान गर्ने सेवा सुबिस्ताका बारे, चर्चा गर्ने रुची, तिमीहरु कसैमा पनि छैन, खाली झगडा र वैमनश्यता साँध्ने ठाउका रुपमा मात्र परिणत भयो, जनताको आस्थाको थलो हाम्रो 'संसद' l

सरकारलाई राजपाको प्रश्नः मन्त्रीलाई कालोझण्डा नभई भाला देखाउनुपर्ने हो ?

२९ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

संसदको शुक्रबारको बैठक सुरु भए लगतै राजपाका सांसदहरुले उठेर बिरोध गरे । लगतै सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । उनले प्रश्न गरे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको उनको दाबी छ । कालो झण्डा देखाउनु सबैभन्दा शान्तिपूर्ण विरोध प्रदर्शन भएको भन्दै राजपा सांसद कर्णले भने, ‘कालो झण्डा नदेखाएर के भाला बन्दुक देखाउने पर्ने थियो ?’

प्रहरी हिरासतमा निर्मम कुटपिट भएकै कारण यादवको मृत्यु भएको भन्दै उनले घटनाबारे छानबिन गर्न संसदले सर्वदलीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

30%

खुसी

16%

दुःखी

7%

अचम्मित

4%

उत्साहित

43%

आक्रोशित

ट्रेन्डिङ

Advertisment