Comments Add Comment

आउँदो माघमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

२९ भदौ, काठमाडौं । काठमाडौंमा माघ ९ देखि १९ गतेसम्म मदन भण्डारी इन्टरनेसनल फुटवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा चार विदेशी टिम र नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपाल रातो र नेपाल निलो गरी दुई टिममा विभाजन गरी ६ टिम सहभागी हुनेछ ।

काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग खेल खेलाइन्छ । प्रत्येक समूहबाट उच्च अंक हासिल गर्ने दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल र फाइनल नकआउट आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर (२५ लाख रुपैयाँ भन्दा बढी) र दोस्रो हुनेले १० हजार अमेरिकी डलर (१० लाख भन्दा बढी) पुरस्कार पाउनेछ । प्रतियोगिताका लागि एक करोड ५० लाख खर्च हुने अनुमान आयोजकको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड  र प्रशिक्षकले जनही एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा दक्षिण कोरिया, भुटान, वंगलादेश, भारत, थाइल्याण्ड र चीनका फुटबल टिमलाई सहभागीताका लागि एन्फामार्फत पत्राचार गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

चार विदेशी टिम आउने भनिए पनि ५ देशसँग कुरा भइरहेको र आवश्यक परे सहभागी टिमको संख्या बढाइने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment