Comments Add Comment

बुहारीको नाममा एक लाखको छात्तवृत्ति

२९ भदौ मोरङ । सत्यनारायण माध्यमिक विद्यालय विराटनगरलाई समाजसेवी दिनबन्धु गोयलले एक लाख ८ हजार मूल्य बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेका छन् ।

शुक्रबार ५४ औ बाल दिवसको अवसर पारेर समाजसेवी गोयलले बुहारी स्वर्गीय सुमनदेवी गोयलको नाममा १२ जना विद्यार्थीलाई जनही चार हजारका दरले छात्रवृत्ति रकम र विद्यालयलाई कम्युटर प्रदान गरेका हुन् ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने जेहन्दार तथा विपन्न विद्यार्थीलाई जनही चार हजारका दरले छात्रवृत्ति र विद्यालयलाई ६० हजार मूल्य बराबरको दुई थान कम्यूटर प्रदान गरेको विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले जानकारी दिए ।

गोयलले बुहारी सुमनदेवीको नाममा कक्षा ९ मा अध्ययनरत पूजा पौडेल, सविना थापा र रुपेश चौधरीलाई प्रदान गरिएको थियो ।

कक्षा १० का दिब्या गुप्ता, इशा पोखरेल, मौसम बिक, कक्षा ११ का बिना कट्टेल, एलिना बस्नेत, मधुरमण ढंगाना र कक्षा १२ का बिनिता चौधरी, विना कट्वाल र सुशान्त खतिवडालाई प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment