Comments Add Comment

लिभरपुलले टोटनहृयामलाई हरायो

३० भदौं, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा लिभरपुलले बलियो टोली टोटनहृयामलाई हराएको छ ।

शनिबार भएको खेलमा टोटनहृयामलाई २-१ गोल अन्तरले हराउादै लिभरपुलले विजयी यात्रा कायमै राखेको हो ।

वेम्बलीमा भएको खेलमा लिभरपुलले ३९ औं मिनेटमा वाइनाल्डनको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा रोबर्टो फिर्मिनोले अग्रता दोब्बर पारे ।

टोटनहृयामका लागि इन्जुरी टाइममा लामेलाले गोल गरेपनि सान्त्वना मात्र भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment