Comments Add Comment

एसिया कपः बंगलादेशको जितमा मुस्फिकुर नायक

३१ भदौ, काठमाडौं । मुस्फिकुर रहिमको १४४ रनको शानदार पारीसँगै बंगलादेशले एसिया कप क्रिकेटको उदघाटन खेलमा श्रीलंकामाथि १३७ रनको फराकिलो जित निकालेको छ ।

दुबईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशको सुरुवात खराब थियो । मात्र २ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो ।

तर, रहिमले मोहम्मद मिथुनसँग मिलेर पारी सम्हाले । चौथो विकेटका लागि १३१ रनको साझेदारी गरे । मिनुथ व्यक्तिगत ६३ रनमा आउट भए ।

तर, रहिम लगातार टिकेर खेलिरहे । अन्तिम ओभरको मात्र ३ बल बाँकी छँदा दशौं विकेटका रुपमा आउन रहिम आउट भए र बंगलादेशले २६१ रन बनायो ।

रहिमले १४४ रन बनाए । १५० बलको सामाम गरेका उनले ११ चौका र चार छक्का हाने । श्रीलंकाका लासिथ मालिंगाले १० ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए भने डी सिल्भाले २ विकेट लिए ।

२६२ रनको लक्ष्य पछ्याएको श्रीलंका मात्र ३५.२ ओभरमा १२४ रनमा अलआउट भयो । उसका लागि दिलरुवान परेराले २९ र उपल थरांगाले २७ रन बनाए ।

बंगलादेशका सबै बलरले विकेट लिए । मुस्तफिजुर रहमान, हसन मिराज र मोर्टाजाले २-२ विकेट लिँदा सकिब अल हसन, रुबेल हुसेन र मोसदिक हुसेनले १-१ हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment