Comments Add Comment

एन्फाले बंगबन्धु आयोजकलाई दियो १२ दिने अल्टिमेटम

३१ भदौं, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपको उपाधि जितेको पुरस्कार रकम उपलब्ध गराउन आयोजकलाई १२ दिने अल्टिमेटम दिएको छ । नभए आसन्न बंगबन्धु गोल्डकपमा सहभागिता नजनाउने एन्फाको चेतवानी छ ।

२२ जनवरी २०१६ मा बहराइनलाई ३-० गोलअन्तरले पराजित गर्दै नेपालले बंगबन्धु कप जितेको थियो । तर, उपाधि जितेको २ वर्षभन्दा बढी भइसक्दा पनि पुरस्कार रकम पाएको छैन । ५० हजार अमेरिकी डलरमध्ये २५ हजार मात्र पाएको छ ।

बाँकी रकम सेप्टेम्बर २८ तारिखभित्र उपलब्ध नगराए आगामी प्रतियोगिता नेपालले खेल्ने छैन । एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘उहाँहरुले पैसा तयारी छ त भन्नु भएको छ । हामीले त्यो पैसा पठाई दिन अनुरोध गरेका छौं ।’

उनले अघि भने, ‘हामीले २८ सेप्टेम्बरको समयसीमा दिएका छौं । यो समयमा हामीले पाउनुपर्ने रकम आएन भने हामी बंगबन्धु गोल्डकपमा सहभागिता जनाउँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment