Comments Add Comment

उपराष्ट्रपति पुन चीन प्रस्थान

३ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् । छदिने औपचारिक भ्रमणका लागि उनी बुधबार बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका हुन् ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणका क्रममा उनले ‘एक क्षेत्र एक मार्ग’(बीआरआर्इ)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।

चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ ।

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौं आइपुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment