Comments Add Comment

‘काभ्रे स्पीकिङ आइडल’ सकियो

काभ्रे । काभ्रेमा बाल दिवसको सन्दर्भ पार्दै आयोजना गरिएको ‘काभ्रे स्पीकिङ आइडल’को उपाधि रञ्जना रसाइली जितेकी छन् ।

जिल्ला बाल सञ्जाल, काभ्रे र क्लासिक ग्रुपको संयुक्त आयोजनामा भएको साताव्यापी प्रतियोगिताबाट उनीले स्वर्ण पदक जितेकी हुन् ।

उनी जिल्लाभरबाट सहभागी ४ सय ८३ जनालाई पछि पार्दै उपाधि जित्न सफल भइन् ।

प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहमा केन्द्र तोकेर अडिसन लिइएको थियो भने छनोट भएका शीर्ष ३० जनालाई धुलिखेलमा एक दिन प्रशिक्षण दिएर प्रतिष्पर्धा गराइएको जिल्ला बाल सञ्जाल काभ्रेका अध्यक्ष रञ्जन पौडेल बताउँछन् ।

विगतमा संसदीय बहसको अभ्यास, वक्तृत्वकला लगायतका शैक्षिक गतिविधिमा संलग्न क्लासिक ग्रुपका युवालाई स्थानीय निकायहरुले आर्थिक सहयोग गरेका थिए ।

समापन समारोहका प्रमुख अतिथि पनौती नगरप्रमुख भीम नेउपानेले झण्डै ५ सय जनाबीच प्रतिपष्र्धा गर्ने अवसर बालबालिकालाई दिएकोमा धन्यवाद व्यक्त गरेको ग्रुपका अध्यक्ष धिरज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment