Comments Add Comment

सेसेल्स बन्यो एनआरएनएको ७९ औं शाखा

अमेरिका/गैरआवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औं शाखाको रुपमा मान्यता दिएको छ । अफ्रिकी मुलुक सेसेल्स, अफ्रिकाको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो ।

अफि्रकाको पूवी टटमा अवस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ । यहाँ पाँच सय भन्दा बढी नेपालीहिरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन् ।

गतहप्ता सम्पन्न नेपालीहरुको एक भेलाले रामप्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन् ।

समितिमा उपाध्यक्ष मनोज बि.क. किशोरकुमार महर्जन महासचिव कम्मानसिंह खत्री, सचिव विश्वजीत कार्की, कोषाध्यक्ष कोमलराज पाण्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रवक्ता एकराज सुवेदी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा चेतमान कुँवर, आइन्द्र लिम्बु, बिष्णु महतो, रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन् ।

संघका अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापका अनुसार सेसेल्स अफि्रकाको १७ औं राष्ट्रिय समन्वय समिति र एनआरएनएको ७९ औं राष्ट्रिय समिति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment