Comments Add Comment

चोरले किन चोर्यो ३ सय ६२ किलो कागती ?

पैसा, सुनचाँदी, कपडा, गाडी लगायतका चिजहरु चोरी भएका घटना सुन्नमा आइरहन्छन् । तर अमेरिकामा हालै एक व्यक्तिले ३ सय ६२ किलो कागती चोरी गरेको घटना सार्वजनिक भएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित शेरिफमा यो घटना भएको हो । यतिधेरै कागती किन चोरेको होला एकजना व्यक्तिले ? अझ त्यतिधेरै कागती चोर्ने मानिसको उमेर नै ६९ वर्षको थियो । आखिर ती वृद्ध चोरले त्यतिधेरै कागती चोरेर के गर्ने योजना बनाएका रहेछन् ?

कागती चोरेर लैजाँदै गर्दा पुलिसले उक्त मानिसलाई पक्राउ गर्न सफल भएको छ । साथी चोरी गरेका ३ सय ६२ किलो ताजा कागती पनि पुलिसले बरामद गरेको छ ।

झण्डै चार सय किलो कागती चोर्ने व्यक्तिको नाम फियर्रोस हो । चोरीको आरोपमा ती व्यक्तिलाई जेल चलान गरेको छ ।

अमेरिकामा ३ सय ६२ किलो कागती चोरी भएको घटना यस्तो अनौठो घटना पहिलो भने होइन । यहीँ वर्ष स्पेनमा पुलिसले चोरी गरिएका ४ हजार किलो सुन्तलासहित एउटा कार बरामद गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment