Comments Add Comment

यी हुन् स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् ।

धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।

तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं ।

हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्तौं तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।

चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ ।

ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो । त्यसैले यी कुराहरु जानीराखौंः

दाँतको सफाई

ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन् । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

यस्तो हुनुपर्छ टुथब्रस

यदि ४ महिना भन्दा धेरै समय एउटै ब्रस प्रयोग नगर्नुहोस् । ४ महिना भन्दा धेरै प्रयोग गर्दा पनि तपाईको ब्रस खराब नभएको हुनसक्छ तर तपाईंले त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ ।

त्यसैगरि बजारमा विभिन्न आकार, प्रकार, लम्बाई र गुणको टुथब्रस आँउछ तर दन्तचिकित्सकका अनुसार सहि टुथब्रसको लम्बाई २५.५ देखि ३१.९ मिलिमटर हुनुपर्छ र चौडाई ७.८ देखि ९.५ मिलिमिटर हुनपर्छ ।

दाँतमा दाग देखियो भने

यदि तपाइर्ंको दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला नगर्नुहोस् ।

आफ्नो दाँत स्वस्थ र मजबुत बनाउन चाहनुहुन्छ भने निश्चित समयको अन्तरालमा चिकित्सकसँग भेटेर सल्लाह लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment