Comments Add Comment

मौरी झैं मेहनती बन्न नेता-कार्यकर्तालाई ओलीको निर्देशन

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए ।

‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, उनले भने । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाव दिएका छन् ।

‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं,आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको दावी गरे ।

‘वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन, फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन’, उनले भने ।

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment