Comments Add Comment

भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो

७ असोज, बुटवल । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका एक निजी विद्यालयका प्रिन्सिपलका आफन्तले नियोजित रुपमा आरोपीलाई फसाउन खोजिएको गुनासो गरेका छन् ।

कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २३ दिनदेखि थुनामा छन् ।

यौन दुर्व्यवहार भएको भनिएकी छात्राका आफन्तले विद्यालयमा नारा जुलुश र प्रदर्शन गरेपछि स्थानीय जनप्रतिनिधिकै उपस्थितमा विद्यालय सुचारु गर्ने र अदालतको फैसला नआउदासम्म विद्यालय र घटनालाई प्रभाव गर्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको थियो ।

तर, छात्राका आफन्तले पौडेललाई दोषी करार गर्दै संघर्ष समिति गठन, प्रदर्शन लगायतका गतिविधिलाई निरन्तरता दिएपछि प्रिन्सिपलका आफन्तले भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो गरेका छन् ।

आरोपीबाट दुर्व्यवहार भए छानविन गरेर सत्य, तथ्य र प्रमाणका आधारमा कानुन अनुसार कारवाही हुनुपर्ने तर, घटनालाई अतिरन्जित गरेर विद्यालय र व्यक्तिलाई नै सिध्याउने गरी गतिविधि गर्न हुँदैन’ पौडेलका दाजु नुरदेवले भने ।

प्रिन्सिपल पौडेललाई रिहा नगर्न दबाव दिने भन्दै संघर्ष समिति नै बनेको छ, जसमा विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता छन् ।

संघर्षमा समितिले प्रर्दशन गर्दै आएको छ । संघर्ष समितिकी संयोजक होमाया गुरुङले भने मुद्दालाई कमजोर बनाउने काम हुन्छ कि भन्ने आशंकाले दबाव दिइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment