Comments Add Comment

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् । ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

राष्ट्रपतिले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment