Comments Add Comment

नवलपरासीमा जीप दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

७ असोज, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सिकोट गाउँपालिका– ४ स्थित  भैंसीघाटमा गएराति जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

शंखदेवबाट हात्तीखोरतर्फ जाँदै गरेको लु १ ज २९२७ नम्बरकाे जीप दुर्घटना हुँदा चालक बौदीकाली गाउँपालिका–४ का कृष्ण सुनारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले घाइते सुनारीलाई उपचारका लागि कालीगण्डकी अस्पताल, कावासोती लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा बसका सहचालक मेखबहादुर मर्साङ्गी घाइते भएका छन् । भरतपुरको सीएमसी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक लिलाराज खनालले जानकारी दिए ।

सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जीपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment