Comments Add Comment

आफ्नो बक्षस्थल दान गर्ने राखीको चाहना

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् ।

उनले भिडियो सन्देशमा भनेकी छिन्-‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु ।’

राखीले अगाडि भनेकी छिन्-‘मलाई थाहा छैन, बक्षस्थल कसलाई चाहिएको छ । मेरो यो आकर्षक स्तन कसको लागि जाने हो मलाई थाहा छैन ।’ राखीको यो भिडियोमा सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment