Comments Add Comment

प्रदेश २ मा एकै दिन ५० हजार बिरुवा रोपिने

८ असोज, जनकपुरधाम । प्रदेश २ मा एकैदिन ५० हजार बिरुवा रोपिने भएको छ । प्रदेश २ को मन्त्री परिषदको सोमबार बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता बनाउन असोज १२ गते एकै दिन प्रदेशभर ५० हजार विरुवा रोप्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा ल्याउन यस्तो निर्णय गरिएको हो ।

योसँगै हरित प्रदेश योजना कार्यक्रम अघि बढ्ने भएको छ । वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थिति हुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । वृक्षा रोपन कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरुले समन्वय गरिरहेको छ ।

हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागू हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment