Comments Add Comment

अब महिला फुटबलरलाई पनि बालोन डि’ओर अवार्ड

८ असोज, काठमाडौं । उत्कृष्ट महिला फुटबलरलाई यो वर्षको अन्त्यमा बालोन डि’ओर अवार्ड दिइने भएको छ ।

यो प्रतिष्ठित अवार्ड सन् १९५६ देखि पुरुष उत्कृष्ट खेलाडीलाई दिइँदै आएको छ । तर, महिला फुटबलरलाई भने पहिलो पटक दिन लागिएको हो ।

फ्रान्स फुटबल म्यागजिनले आगामी अक्टोबरमा मनोनयनमा परेका १५ फुटबलरको नाम सार्वजनिक गर्नेछ । अवार्ड समारोह भने ३ डिसेम्बरमा पेरिसमा हुनेछ ।

पत्रिकाका प्रधान सम्पादक पास्कल फेरेले भने, महिला फुटबलरहरुमा अनुशासन बढ्दो छ, जो पुरुष फुटबलरहरुको समान सम्मान पाउन योग्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment