Comments Add Comment

प्रदेश सरकारले जनताको स्वास्थ्य परीक्षण गराउने

१० असोज, हेटौंडा । प्रदेश ३ सरकारले नागरिकको नियमित स्वास्थ्य परीक्षण गराउने भएको छ । नसर्ने रोगहरुको संक्रमण बढिरहेकाले सामाजिक विकास मन्त्रालयले प्रदेशका शहरी र ग्रामीण क्षेत्रका संस्थामा स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

जनतालाई स्वस्थ्यप्रति सचेत गराउने र प्रदेशका सबै जनताको स्वास्थ्य सुरक्षित राख्न मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पाइलट प्रोजेक्टको रुपमा यस आर्थिक बर्षमा महानगर र गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । प्रदेश सरकारले ३० बर्षमाथि ५५ बर्षमुनिका सबै जनताको स्वास्थ्य जाँच गर्ने उनले बताए ।

विपन्नलाई निःशुल्क र आर्थिक अवस्था सुदृढ भएकालाई केही शुल्क लिएर कार्यक्रम सञ्चालन गर्ने मन्त्री दुलालले जानकारी दिए । सबै रोगको बारेमा समयमै जानकारी पाए उपचार सम्भव रहेकाले कार्यक्रम प्रभावकारी हुने उनले बताए ।

पहिलो चरणमा गाउँ र शहरका गरी ५/५ हजार जनताको स्वास्थ्य अवस्था परीक्षण गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेश मातहतमा रहेका १ हजार ३ सय ४१ माध्यमिक विद्यालय मध्य पहिलो चरणमा २० वटामा नर्स कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment