काठमाडौं । इडन हजार्डको गोलसँगै चेल्सीले लिभरपुललाई हराएको छ र ईएफए कपको अघिल्लो चरणमा स्थान बनाएको छ ।
बुधबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई २–१ गोलले हराएको हो ।
एन्फिल्डमा भएको खेलको पहिलो हाफ गोलसहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा स्टर्डिजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
तर, ७९ औं मिनेटमा चेल्सीका एमर्सनले बराबरी गोल गरे । निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी छँदा हजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाएका छन् ।
यो लिभरपुलको सिजनको पहिलो हार समेत हो । उसले प्रिमियर लिगसँगै च्याम्पियन्स लिगमा समेत सबै खेल जितेको थियो ।
प्रतिक्रिया 4