+

६८ सेकेण्डमा दुई गोल खाँदै हार्‍यो बार्सिलोना

२०७५ असोज  ११ गते ६:५१ २०७५ असोज ११ गते ६:५१
६८ सेकेण्डमा दुई गोल खाँदै हार्‍यो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार व्यहोरेको छ ।

बुधबार राति भएको खेलमा टेबलको पुछारमा रहेको लेगनेसले लिग लिडर बार्सिलोनालाई २–१ ले हराएको हो ।

लेगनेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले ६८ सेकेण्डको बीचमा दुई गोल गर्दै जित निकाल्यो ।

५२ औं मिनेटमा इजारले बराबरी गोल गरे भने लगतै ओस्कार रोड्रिगेजले गोल गर्दै टिमलाई जित दिलाए । जेरार्ड पिकेको गल्तीको फाइदा उठाउँदै रोड्रिगेजले गोल गरेका हुन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय