+

रियल मड्रिडमाथि सेभियाको शानदार जित

२०७५ असोज  ११ गते ६:५८ २०७५ असोज ११ गते ६:५८
रियल मड्रिडमाथि सेभियाको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियाले रियल मड्रिडमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सेभियाले मड्रिडमाथि ३–० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा सेभियाले १७ औं मिनेटमा आन्द्रे सिल्भाको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि उनैले अग्रता दोब्बर पारे ।

खेलको ३९ औं मिनेटमा बेन येडरले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो ।

रियल मड्रिड दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन र हार स्वीकार गरेको छ ।

हारसँगै रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको थियो । बुधबार नै लिग लिडर बार्सिलोना पनि लेगनेससँग पराजित भएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय