Comments Add Comment

एक महिनाभित्र राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिने

११ असोज, काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरिएको जनाएको छ ।

नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगको हो ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित आफ्नो परिचयपत्र छाप्नका लागि तस्बिर खिचेका छन् ।

पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिने बताइएको छ ।

त्यसलगत्तै यो आर्थिक वर्षभित्र १५ जिल्लामा परिचयपत्र वितरण गर्ने लक्ष्य गृह मन्त्रालयले लिएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए । यो मेशिनले २४ घण्टामा १० हजार प्रति परिचयपत्र छाप्न सक्ने उनले जनाए ।

राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment