Comments Add Comment

जीडीपीमा प्रदेश ३ को योगदान सबैभन्दा धेरै, बैंक पहुँचमा प्रदेश ५ पहिलो

१४ असोज, बुटवल । केन्द्रीय तथ्यांक विभाग र मानव विकास प्रतिवेदनका आधारमा मुलुकको कूल ग्राहस्थ उत्पादनमा प्रदेश ३ को योगदान सबैभन्दा धेरै देखिएको छ ।

नेपाल राष्ट बैंक अनुसन्धान विभागले सोमबार बुटवलमा सार्वजनिक गरेको संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन अनुसार ७ प्रदेश मध्ये प्रदेश पहिलो नम्बरमा प्रदेश ३ छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहेको छ ।

दोस्रोमा प्रदेश १ को १७.५ प्रतिशत, तेस्रोमा प्रदेश २ को १६.२ प्रतिशत योगदान रहेको तथ्यांकले देखाएको छ ।

यस्तै चौथोमा प्रदेश ५ को १३.४ प्रतिशत, पाँचौं स्थानमा गण्डकी प्रदेशकोे १०.५ प्रतिशत, छैठौं स्थानमा प्रदेश ७ को ६.३ प्रतिशत र कर्णाली प्रदेशको ४.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उललेख छ ।

यस्तै वार्षिक प्रतिव्यक्ति आयका हिसावले पनि प्रदेश ३ नै पहिलो नम्बरमा छ । प्रदेश ३ का नागरिकको प्रतिव्यक्ति आय एक हजार ५३४, दोस्रोमा प्रदेश १ को एक हजार २४, तेस्रोमा प्रदेश ४ को एक हजार २१ अमेरिकी डलर रहेको छ ।

पाँचौं स्थानमा प्रदेश २ को ७९९, छैठौंमा कर्णाली प्रदेशको ६७७ र सबैभन्दा कम आय प्रदेश ७ को ६६० अमेरिकी डलर रहेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशगत रुपमा स्थानीय तहहरुमा वाणिजय बैंकको पहुँचमा प्रदेश ५ सबैभन्दा अगाडि रहेको छ ।

प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ३ वटा तहमा मात्रै वाणिज्य बैंक पुग्न सकेका छैनन् । प्रदेश ७ मा सबैभन्दा बढी २३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् ।

कर्णाली  प्रदेशका २० स्थानीय तहमा, प्रदेश १ का १९ स्थानीय तहमा, प्रदेश ३ का ११ तहमा, प्रदेश २ का ६ तहमा र प्रदेश ४ का ५ तहमा बाणिज्य बैंक अझै पुग्न सकेका छैनन् ।

सातै प्रदेशका कूल ८७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय पुग्न नसकेको तथ्यांकमा देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश ५ ले कूल कृषि क्षेत्रको उत्मपादनमा १६.९ प्रतिशत, कूल उद्योग क्षेत्रको उत्पादनमा १०.४ प्रतिशत र कूल सेवा क्षेत्रको उत्पादनमा ११.७ प्रतिशत अंश योगदान गरेको छ ।

देशको कूल जनसंख्याको १५.५ प्रतिशत हिस्सा (४१ लाख १४ हजार १ सय ४८) प्रदेश ५ मा रहेको छ ।

देशको कूल क्षेत्रफल मध्ये प्रदेश ५ ले ११.८ प्रतिशत हिस्सा ओगटेको छ भने यो प्रदेशको जनघनत्व प्रति वर्ग किलोमिटर २३८ रहेको छ । प्रदेश ५ को कूल क्षेत्रफल १७ हजार ३१८ वर्ग किलोमिटर रहेको छ ।

प्रदेश ५ मा आर्थिकरुपले सक्रिय जनसंख्या ४०.६ प्रतिशत,कूल खेतीयोग्य क्षेत्रफलको तुलनामा खेती गरिएको क्षेत्रफल ७४.८ प्रतिशत,कूल खेती गरिएको क्षेत्रफलमा सिंचित क्षेत्रफल ४०.३ प्रतिशत,कूल ठूला उद्योग संस्था ८२७ र उद्योगमा रोजगारी संख्या ३१ हजार २२१ जना रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश ५ मा कूल सडक सञ्जाल १० हजार ८ सय ३९ किलोमिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment