Comments Add Comment

प्रदेश ३ का मुख्यमन्त्री भन्छन्ः ७ महिनाको बच्चाले के गर्छ ?

१५ असोज, हेटौंडा । सात महिनाको बच्चोले के गर्छ ? प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही प्रश्न गर्दै प्रदेश सरकारको बचाउ गरेका छन् ।

उनले निकै लामो बिरासत बोकेको केन्द्र र स्थानीय सरकारको दाजोमा प्रदेश सरकारले केही पनि गरेन भन्न नमिल्ने तर्क गरे ।

सरकारले केही गर्न नसकेको भन्ने गुनासो बढेको भन्दै उनले २५० वर्षको बिरासत बोकेको केन्द्र र ७४ वर्षको इतिहास बोकेको स्थानीय सरकारको दाजो गरेर प्रदेश सरकारको टिप्पणी गर्न नहुने बताए ।

सात महिनाको बच्चाबाट अपेक्षा धेरै गर्न नहुने भन्दै मुख्यमन्त्री पौडेलले सोचे अनुसारको काम भएको दाबी गरे । बाहिर देखिने काम नभएपनि धेरै काम भएको भन्दै उनले बाटो हिँड्ने ट्रयाक नभएको अवस्थामा अहिले बाटो खोल्न सफल भएको र अब दौडिने बताए ।

अहिलेसम्म गरेका काममा सन्तुष्ट रहेको भन्दै उनले अहिले गरेजति काम कसैले चाहेर पनि गर्न नसक्ने दाबी गरे ।

नेपाल पत्रकार महासंघ मकवानपुरको १५ औं साधारणसभामा बोल्दै मुख्यमन्त्री पौडेलले मुलुकको बिकास र परिवर्तनका लागि सञ्चार जगतको ठूलो भूमिका रहेको बताएका छन् । उनले पत्रकारलाई राष्ट्रको मिसन बुझेर अघि बढ्न सुझावसमेत दिए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले अहिलेको बिकास मोडलले मुलुकको बिकास र गति मेल नखाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment