Comments Add Comment

अवैध यौनसम्बन्ध लुकाउन जेठानीको हत्या गर्ने पक्राउ

१६ असोज, जनकपुर । जिल्ला प्रहरी कार्यालय, धनुषाले जेठानी हत्या आरोपमा देवरानीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका–८ कि देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डल छन् ।

दुवै जनाले अवैध सम्बन्ध लुकाउन धनुषाको हंसपुर नगरपालिका–८ कि २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या गरेको प्रहरीको दाबी छ ।

३ असोजमा सञ्जु आफ्नै कोठामा मृत फेला परेपछि थप अनुसन्धान र पोस्टमार्टम रिपोर्ट गरेर हेर्दा हत्या भएको खुलेको थियो ।

पक्राउ परेका विका र लालबाबुले अवैध सम्बन्ध लुकाउन सञ्जुको हत्या गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए । विकाको श्रीमान् केही समयदेखि वैदेशिक रोजगारीमा छन् ।

यसैबीच, प्रहरीले अवैध इन्टरनेट सेवा सञ्चालन गर्ने १ जनालाई पक्राउ गरेको छ । धनुषा मिथिलाबिहारी नगरपालिका–१३ का ३४ वर्षीय व्रह्मदेव पण्डितलाई समातेको हो ।

पण्डितले जनकपुर उपमहानगरपालिका १ स्थित शत्रुधन साह र आफ्नो घरमा अवैैैैध रूपमा ईन्टरनेट सेवा संचालन गरेको भेटिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment