Comments Add Comment

जलविद्युतमा लगानीको अवसर, २६ करोडको आईपीओ आउँदै

१६ असोज, काठमाडौं । दुई जलविद्युत् आयोजनाले २८ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएका छन् ।  आँखुखोला जलविद्युत् कम्पनीले १४ करोड रुपैयाँ बराबरको र तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएका हुन् ।

दुई मध्ये आँखुखोलाले मंगलबार नै आहृवान पत्र समेत सार्वजनिक गरेको छ । यस कम्पनीले आगामी २३ गतेदेखि २६ गतेसम्म आइपीओ निस्काशन गर्न मंगलबार आहृवान पत्र निकालेको हो ।  कम्पनीले सर्वसाधारणका लागि १३ करोड ७६ लाख २ हजार रुपैयाँको आइपीओ जारी गर्ने बताएको छ ।

कम्पनीले १३ लाख ७६ हजार २० कित्ता सेयरमध्ये ६८ हजार ८ सय १ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

यसैबीच तेह्रथुम पावर कम्पनीले पनि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता चार करोड रुपैयाँको साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्रतथा सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता ८ करोड रुपैयाँको सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment