मिस वर्ल्ड मानुषी छिल्लर मिस वल्डको उपाधी पाउने छैठाैं भारतीय महिला हुन् । सन् २०१७ मा भारतकाे प्रतिनिधित्व गर्दै मिस वल्र्डको ताज पहिरिन सफल भएकी उनले यस अघि फेमिना मिस इन्डियाको उपाधी समेत जितेकी थिइन् ।
मानुषीको सुन्दरतालाई लिएर व्यापक चर्चा चल्ने गर्छ । उनी शारीरीक रुपमा जति सुन्दर छिन्, उनी बौद्धिक रुपमा पनि उत्तिकै सबल छिन् ।
सुन्दर देखिनकै लागि मानुषी आफनो डाइट प्लान निकै कडा रुपमा अपनाउने गर्छिन् । उनी प्रत्येक दिन के खाने, के नखाने भन्ने कुरामा विशेष ध्यान दिन्छिन् । त्यसैले त, उनको फिगर पनि निकै आर्कषक तथा फिट देखिन्छ ।
फेमिना मिस इण्डिया हुँदै ‘मिस वर्ल्ड २०१७’ को उपाधी जित्दा सम्म उनलाई डाइटिसियन नमामी अग्रवालले साथ दिदै आएकी छिन् । नमामीले मानुषीको प्रत्येक खानपानमा ध्यान दिदै आएकी छिन् ।
तपाईं पनि खानपानमा ध्यान दिँदै फिट र आकर्षक देखिन चाहनुहुन्छ भने मानुषी कै जस्तो डाइट प्लानलाई अपनाउन सक्नुहुन्छ ।
मानुषीको डाइट प्लानः
मिस वल्र्ड मानुषी छिल्लर आफ्नाे दिनको सुरुवात एक गिलास मनतातो पानीबाट गर्छिन् । त्यसमा उनी एउटा कागतीको रस मिसाउने गर्छिन् । कागती नभएमा उनी दुई गिलास साधा पानी पिउन रुचाउँछिन् ।
नास्तामा मानुषी ताजा फलफुलको साथमा सादा दही सेवन गर्छिन् । यसबाहेक, दुई -तीन वटा अण्डाको साथमा एवोकाडो, गाजँर, सखरखण्ड, लगायत तरकारीको साथमा फलफुलको सेवन गर्छिन् ।
दिउसोको स्न्याक्समा मानुषी नरिवल पानीका साथमा फलफुल खान रुचाउँछिन् ।
दिउसोका खानामा भने उनी साजसब्जी तथा चिकनको साथमा रोटी तथा भात खान रुचाउँछिन् । त्यसबाहेक, खानामा दही तथा सलाद खान छुटाउँदिनन् ।
त्यस्तै, साँझको स्न्याक्समा मानुषी हल्का खानेकुरा खान रुचाउँछिन् । उनी साँझको स्न्याक्समा विशेषगरी ड्राई फ्रुट्स साथमा केरा खाने गर्छिन् । यसबाहेक उनी ताजा स्मुदी खाने गर्छिन् ।
रातीको खाना समेत मानुषी स्वस्थ्य डाइट अपनाउँछिन् । उनी रातमा गि्रल गरिएको चिकेन वा माछा खान्छिन् । साथमा ब्रोकाउली, गाजँर, सुप, पुलाउ तथा सलाद खान रुचाउँछिन् ।
मानुषी प्रायः सुत्नु भन्दा दुई तीन घण्टा अगाडी नै रातीको खाना खान रुचाउँछिन् । त्यसपछि भने उनी ताजा फलफूल खान्छिन् । सेलिवि्रटी न्युटिसनिष्ट नमानी अग्रवालले मानुषीको डाइट प्लान तय गर्छिन् ।
यस्तो छ मिस वर्ल्ड मानुषीको फिटनेसको राजः
-गुलियो मिठाइ खान रुचाउने मानुषी मफिन्स तथा केकको सट्टा फलफूल साथमा दही खाने गर्दछिन् । उनी प्रशोधित चिनीबाट टाढा रहन्छिन् ।
-मानुषी आˆनो अनुहारलाई चम्किलो बनाउन दैनिक आठ घण्टा सुत्छिन् । साथै, घर बाहिर निस्कदा नास्ता गर्न कहिल्यै छुटाउँदिनन् । उनी भन्छन्, ‘नियमित समयको नास्ताले शरीर फिट रहनुका साथै अधिक भोक लाग्नबाट बच्न सकिन्छ’ ।
-मानुषीलाई उनकी डाइटिसियन नमामी तनाव, चिन्ता तथा महिनावारीमा हुने दुखाईबाट बच्नका लागि औैषधीको सट्टा डार्क चकलेट सेवन गर्न सुझाव दिने गर्छिन् । किनकी दुखाई, तनाव र चिन्तालाई कम गर्नका लागि डार्क चकलेट एक राम्रो विकल्प मानिन्छ ।
-शरीरमा पानीको कमी हुन नदिन मानुषी दिनभरमा करिब तीन लिटर पानी पिँउछिन् । रोस्टेड चिकन वा माछा खान रुचाउने उनी क्रिमयुक्त खानेकुरा भने खाँदिनन् ।
-मानुषी आफूलाई फिट राख्न नियमित योगाको साथमा स्केटिङ्ग, रनिङ्ग, डान्सिंग तथा कार्डियोको एक्सरसाइज गर्दछिन् ।
-उनी रातीको खाना साढे सात बजे अगाडी नै खाने गर्छिन् । र, अरुलाई पनि समयमै खाने सुझाव दिन्छिन् । यसबाहेक, उनी राती सुत्नुभन्दा करिब तीन घण्टा पहिले नै डिनर गर्छिन् र सुत्नु भन्दा कम्तीमा दुई घण्टा अगाडी फोनको प्रयोग बन्द गर्छिन् ।
प्रतिक्रिया 4