Comments Add Comment

हमालको करिअरमा ‘सकुन्तला र बागमती’ले लगायो ब्रेक

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले मौन छन् । विशेषगरि, विदेश भ्रमण र स्वेदशमा हुने विभिन्न महोत्सवमा व्यस्त हुने गरेका राजेश हमाल चलचित्रको छायांकनमा भने व्यस्त छैनन् । हमालले चलचित्र नै नपाएका हुन् कि भन्ने टिप्पणी पनि सुनिन्छ । तर, नायक राजेश हमालले भने आफू यतिबेला संयमित भएको बताएका छन् ।

हमालले अभिनय गरेका २ चलचित्र ‘सकुन्तला र बागमती’ बक्स अफिसमा असफल भए । यी दुबै चलचित्रमा उनी फरक भूमिकामा देखिएका थिए । दुबै चलचित्र नचलेपछि आफू संयमित भएको हमालको भनाई छ ।
हमालले भनेका छन्-‘मलाई बागमती र सकुन्तलाबाट ठूलो आशा थियो । दुई चलचित्रको बक्स अफिस व्यापारपछि चलचित्र छनोटमा मैले हतार नगरेको हो ।’ हमालले आफूले निर्माण र निर्देशन गर्ने चलचित्रको हाल धमाधम काम भैरहेको समेत सुनाएका छन् ।

हमालले चलचित्र निर्देशन गर्ने भनेको लामो समय भैसकेको छ । तर, उनले अझै चलचित्रको काम सुरु गर्न सकेका छैनन् । उनले आफ्नो चलचित्रमा नायिका प्रियंका कार्की फाइनल भएको कुरालाई पनि अस्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment